बर्दिया निकुञ्जमा हात्ती मृत भेटियो
बर्दिया। बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने ठाकुरबाबा नगरपालिका–४ खैलार गाउँमा जङ्गली हात्ती मृत फेला परेको छ।
बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत डा. अशोक रामका अनुसार खैलार गाउँको प्राथमिक विद्यालयनजिक गहुँ खेतमा हात्ती मृत फेला परेको हो।
बिरामी हात्ती प्राकृतिक कारणले मरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
प्रतिक्रिया
