मःम पसलको ग्यास विष्फोटका घाइतेको मृत्यु

काठमाडौं। कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विष्फोटपछि घाइते भएका थप एकजनाको मृत्यु भएको छ। माघ २४ मा विष्फोटमा परेका २२ वर्षीय प्रदीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार उदयपुरको गढी गाउँपालिका–७ घर भएका तामाङको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसअघि हेटौँडा घर भएका १८ वर्षीय रविन राई र उदयपुर घर भएका २० वर्षीय भिमबहादुर घलेको उपचारका क्रममा मृत्यु भएको थियो। दुर्घटनामा घाइते भएका ८ जनाको कीर्तिपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *