आमाको हत्या आरोपमा छोरा पक्राउ
काठमाडौं। आमाको हत्या गरेको आरोपमा प्रहरीले रुपन्देहीमा एक युवकलाई पक्राउ गरेको छ। कञ्चन गाउँपालिका–१ सुन्दर टोलकी ४५ वर्षीया पार्वती परियारको हत्या गरेको आरोपमा उनका २० वर्षीय छोरा सरोज परियारलाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय पण्डितका अनुसार बुधबार राति सरोजले आमा पार्वतीको अनुहार र हातमा हँसिया प्रहार गरेका थिए।
सरोज मानसिक रोगी रहेका र मदिरा सेवन गरेर आमामाथि हँसिया प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ। सरोजलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डीएसपी पण्डितले जानकारी दिए।
प्रतिक्रिया
