जीवनमा एकपटक पुग्नै पर्ने रहरको सहर

संस्कृति, साहित्य, कला, प्रजातन्त्र, लोकतन्त्र, पर्यटन, गीत, सङ्गीत, प्रकृतिका अर्थात मानव जीवनका कुराहरू चिन्तन मनन गर्दै, गहकिँदै गर्दा पोखराबाट देखिने सेताम्मै टल्किरहेका हिमालहरूको काखमा वरिपरि हरियाली डाँडाकाँडाहरूले घेरेको, टिलपिल ताल तलैयाहरूले भरिएको प्रकृति, कला, साहित्य, संस्कृतिहरूको अनुपम सङ्गमले सिर्जित सहर हो “मनमोहक पोखरा।

इतिहास कालदेखि ने चरणबद्ध रूपमा पोखराको विस्तार भएको पाइन्छ। यसै क्रममा तत्काल छुट्टाछुट्टै रहेका लेखनाथ नगरपालिका साथै वरिपरिका गाविसहरु जोडेर बनेको ३३ वडाको बृहत सुन्दर महानगरपालिकाको रूपमा पाएका छौं पोखरालाई कास्की जिल्लामा पर्ने पोखरा गण्डकी प्रदेशको राजधानी पनि हो। जहाँ ११ वटा जिल्ला छन।

पूर्वमा लाङटाङ हिमालदेखि पश्चिममा धौलागिरी सम्मको गण्डकी नदीले प्रभाव पारेको भूभागलाई गण्डकी प्रदेश भनिन्छ। सबैको केन्द्रमा रहेको पोखरा आन्दानीको हिसाबले पनि सम्भावना नै सम्भावनाले भरिएको राजधानी हो।

पोखराको सबैभन्दा आकर्षक केन्द्र फेवातालाई ऐना बनाई मुसुक्क हाँसिरहेका माछापुच्छे धौलागिरी अनि अन्नपूर्ण हिमालहरू हुन्। अर्का दुई ठूला बेगनास ताल, रुपा तालले प्राकृतिक, पर्यावरण, पर्यटन साथै कृषि क्षेत्रमा उल्लेख्य भूमिका खेल्दै धेरैको जीवनयापनको आधार र देशको आर्थिक समृद्धिको आधार बनेको छ पोखरीबाट पोखरा नाममा परिणत भएको यो सहरमा प्रमुख तीन ताल रहेपनि अन्य स-साना जोड्दा नौ तालहरूले झन् पोखराको सुन्दरता थपेका छन्।

लोप हुँदै गएका वनस्पति, माछा, चरा चुरूङ्गीदेखि जीवजन्तुलाई संरक्षण दिने जस्ता जैविक, प्राकृतिक, विशेषता पनि बोकेका छन्। चौथो गुदे ताल हुदै, दिपाङ ताल (हनिमुन ताल), मैदी ताल, न्यूरेनी ताल, खास्टे ताल हुदै नवाँमा कमल पोखरी ताल पर्दछन्।

सराङ्कोट र काहुँ डाँडामा पुगेर वरिपरि हेर्दा अर्कै अनुभूति हुन्छ । आहा कति सुन्दर पोखरा भन्दै गर्दा गीत, कविता, साहित्य आफैँ फुर्न थाल्दछन् । फेवाताल, बेगनासताल, रूपातालका ढुङ्गाहरूले सबै पर्यटकलाई पोखरामा नै बोलाएका छन्। आन्तरिक पर्यटक, नयाँ जोडी मात्र नभएर, छिमेकी देशका पर्यटक, अन्य मुलुकका पर्यटकहरूले पोखराको सुन्दरतालाई अङ्कमाल गर्न आउँछन् । बाह्य पर्यटकका लागि पनि झनै महत्वको सहरमा साहित्य रङ्गरसमा रमाउनेहरूको पनि प्रथम रोजाइमा पर्ने पोखरा, आम नेपालीहरूकै लागि पनि आकर्षक सहर हो। जीवनमा एकपटक जसरी पनि पुग्ने नेपालीको रहर बोकेको सहर हो। जहाँ पहिलो पाइला परेपछि दङ्ग नपर्ने कमै हुन्छन्।

विविधतामा एकताको फूलबारी

कुनै एक जाति वा वर्ग विशेषको मात्र देन नभएर सामूहिक सांस्कृतिक संरचनामा विभिन्न जाति जनजातिको उल्लेख्य भूमिका र योगदान रहेको पाइन्छ । पहिलो चरणका समुदाय बाहुन, क्षेत्री, नेवार अन्य जातिले सर्वप्रथम यहाँ कृषिमा आधारित ग्रामीण संस्कृति सूत्रपात गरे । त्यसपछि पोखराको अर्को महत्वपूर्ण पाटो नगर संस्कृतिको विकासलाई लिन सकिन्छ । जहाँ फरक सभ्यता संस्कृति, व्यापार, साहित्य, दर्शन, गीत सङ्गीत विकासका क्रमिक चरणहरू बुझ्न पाइन्छ ।

काठमाडौंबाट पोखरा, गण्डकीमा स्थानान्तरण भएका नेवार समुदायहरूको व्यापारिक, खानपिन, एवम् सांस्कृतिक गतिविधिले यहाँको नगर संस्कृतिको आधारशीला तयार पारेको देखिन्छ । अर्को चरणमा पुग्दा त विकसित पोखराको संस्कृति अर्को उत्तिकै महत्वपूर्ण पक्ष हो । विगतदेखिको लामो परम्परामा आधारित जनजातीय संस्कृति जसको प्रतिनिधित्व पोखरा आसपासका पहाडी भेगबाट पोखरा झरेका गुरुङ, मगर, तामाङ, थकाली आदि समुदायले गरेका छन्।

थकाली बाहेक अन्य जनजातिहरूमा आफ्नै क्षेत्रगत समुदाय खोजेर बस्ने प्रवृत्ति तथा लामा बौद्ध धर्म र परम्परागत झाँक्रीवादमा आधारित संस्कारले यस संस्कृतिको अलग पहिचान दिइरहेको कुरा विभिन्न आलेखहरू पढ्दा बुझ्न सकिन्छ ।

यस प्रकार नगर, ग्रामीण तथा पहाडी भेगका गरी तीनओटा सांस्कृतिक धरोहरहरू पोखरामा उभिएका देखिन्छन् । फरकफरक सांस्कृतिक समुदायहरूका आ-आफ्नै लामो इतिहास र परम्परा भएकोले यी एक अर्कामा सहज रूपमा विलीन नभएरै छुट्टाछुट्टै पहिचान सहित आवश्यक प्रतिस्पर्धा गर्दै अन्तर सम्बन्धमा विकास गर्दै राजनीतिक, सामाजिक परिवर्तनका मोर्चाहरूमा सँगै एकै अभियानमा प्रवाहित भइरहेको देखिन्छ।

नेपालभरि नै चेतनाको बिगुल फुकेर अग्रस्थानको भूमिका निर्वाह गर्न सक्नु पोखेलीको विशेषता नै मान्नुपर्छ आज जनताकै लागि जनताको शासन गणतन्त्र नेपाल बन्न सफल रहेको छ यद्यपि राज्यको धेरै जसो भौतिक विकासमा उल्लेख्य परिवर्तनको आभास गर्न जनताले नपाउनु दुःखद पाटो रहेपनि आशा गरौं भविष्य पक्कै हारा पक्षमा छ ।

लालीगुराँस लटरम्म फुल्दाको सुन्दरता हिमालबाट हिउँ पग्लिएर नदी बनेर लुक्दै छिन्दै पोखराको भित्रभित्र गहिरिएर बग्ने सेती नदीको महिमा अत्यन्त पवित्र मानिने यो नदी हामी सबैलाई स्वर्ग पुयाउने नदीको रूपमा लिन्छीं खोलाहरू, झरनाहरू झदी देखिने सुन्दर दृश्य, चरा चुरुङ्गीहरूको

चिरविर चिरविर स्वरमा गाउदै गर्दा बाघ, भालु अन्य सबै जनवारहरू नाच्दै खेल्दै वन जङ्गल चाहारेको दृष्य हेर्दा कस्को मन नरमाउला र < महेन्द्र गुफा, लगायत पत्ता लगाइएका अन्य धेरै गुफाहरूले पनि मानवसन्ताको विकासी चरणको अनुमान गर्न सहयोग गरेको छ । शीतल छहारीमा एकछिन भएपनि हराउन पाएका छौं।

वसन्त याममा सङ्गीतको धुनमा यौवनको रसमा चुर्लुम्म डुब्दा मानिस, पशुपंक्षी, वनस्पतिहरूको सुन्दर रोचक महिमा एउटै खालको लाग्छ । यसै भएर होला सृष्टि, संसार सदियाँ देखि रङ्गरसले जीवन्त छ र पोखेलीहरू अलि बढी प्रकृति, साहित्य, दर्शन, कला, गीत, संगीतका पारखी बनेर धेरै जन्मन्छन् जस्तो लाग्छ ।

कतिपय सवाल यसरी गरौं।

पर्यटकीयस्थल, ऐतिहासिक, धार्मिक, साहित्यिक, सांस्कृतिक, भौगोलिक हिसावले पनि नेपाल भरिकै प्रमुख स्थानमा रहने गण्डकी प्रदेश गण्डकी प्रदेशको मुटु भनेर चिनिने पोखरा महानगर पालिकाका पर्यटकीय स्थलहरू के साँच्चिकै सुधारोन्मुख छन् त ? नयाँ नयाँ पर्यटकीय स्थलहरूको अनुसन्धान अवलोकन गर्न सकेका छौं त ? समय अनुसारको पर्यटकको रूचि, चाहाना, सुविधाको ख्याल गरेका छौं त ? के पर्यावरण सुधारमा उल्लेख्य भूमिका खेलेका छौं त ?

वायुमण्डलीय तापक्रममा परिवर्तन हुँदा भौगोलिक रूपमै हिमालै हिमालको काखमा बसेको पोखरा कत्तिको सुरक्षित छ जानकारी राखेका छौं त ? हाम्रो धर्म संस्कृतिलाई चरम अन्धविश्वास, रुढीवादी परम्परामा परिमार्जन गरेर प्रमुख सही मान्यतालाई जोगाएर गलत ठानिएका धार्मिक परम्परामा सुधार ल्याएका छौं त ? गीत, सङ्गीत, साहित्यमा रम्ने, झुम्ने वातावरणका पर्यटक स्थलहरू बनाएका छौं त ?

हुनतः पोखरालाई भखरै नेपाल सरकारले पर्यटकीय राजधानीको रूपमा घोषणा गर्नु अत्यन्त खुसीको कुरा हो । यो उपलब्धि प्रति गर्व गर्नैपर्छ । सफल बनाउनु पर्छ। न्यूनतम तयार गर्नुपर्ने आधार भूत प्रावधान पूरा भएकै हुन त ? कति धुलो, फोहोर, ट्राफिक, पार्किङ, पानी, अन्तराष्ट्रिय स्वास्थ्यलय, शौचालय, गुणस्तर भोजनालय, क्याफे, रेस्टुरेन्ट, वारहरू राम्रो व्यवस्थापन भइसकेको छ ? हुने क्रममा छ ? अनुगमन भने अवश्य गर्नुपर्छ ।

प्रमुख विशेषता साहित्य कि पर्यटन ?

यसरी प्रश्न गर्नेहरू पनि छन् । छोडौं पक्कै यो सवाललाई हाम्रा जीवनका अनुभवले उत्तर दिँदै जाने छन् । हामी आमाको गर्भबाट यो सुन्दर धर्तीमा रुदै आउँदै गर्दा कताकता साहित्य, गीत, संगीतले कतै पहिल्यै सजिएर आएका हौं कि जस्तो आज अनुभूति भएको छ । हाँस्दाहाँस्दै रुवाउने, रुदारुर्दै हँसाउने यो सहरमा मौसम छिटो छिटो परिवर्तन हुन्छ । छिनछिनमा पानी छिनछिनमै घाम, घरी बादल घरी खुला आकाश देख्न पाइन्छ। यसो भनिरहँदा गजलका बादशाह आदरणीय प्रकट पंगेनी दाइलाई सम्झन मन लाग्छ । उहाँले साहित्यमा गर्नु भएको उल्लेख्य योगदानको उच्च सम्मान गर्दछु । हार्दिक श्रद्धासुमन भन्न चाहन्छु ।

मलाई असाध्यै मन पर्ने कविता कालमहिमा आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दै न त्यो लाखौ औषद अश्त्र सश्त्र महिमा देखेर डर्दैन त्यो। कवि शिरोमणि लेखनाथ पौड्यालको यो कविताले मलाई हरेक पीडालाई सिर्जनात्मक तरिकाले कलम कापी अगाडि राखेर अगाडि बढ्न प्रेरणा दिइरहेको हुन्छ । सदावहार प्राणले भरिएको जस्तो लाग्छ यो कविता | कविशिरोमणिले युगौयुगसम्म बाँचिरहने थुप्रै सिर्जना हामीलाई दिएर स्वर्गवाट नियाली रहनु भएको छ । यसरी सम्झदै उहाँप्रति उच्च सम्मान, हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहान्छु ।

कास्की पोखरा समाज जापानले पोखराको सम्झना र प्रवासको अनुभव लेख्नु न भनेपछि तुरुन्तै कला, चित्रकला, गीत सङ्गीत, साहित्य, दर्शन, पर्यटनसहितको पोखरा सम्झिदै अनुरोध स्विकार गरे । लेखमा सबैको नाम नलिएपनि विभिन्न किसिमले पोखराको लागि योगदान गर्नुहुने व्यक्तित्वहरू सम्भवै । जसरी यो माटोमा जन्मदै कलकल गण्डकी, सलसल सुरौदीको स्वर ताल सुनेर हुर्किए, त्यसरी नै लेखलाई अगाडि बढाएको छु ।

तितो सत्य, अरूको त के कुरा म आफैँलाई आफ्नो पोखरा चिन्न वर्षी लागेछ, परदेशी नै परेछ । दिनदिनै हिमालै हिमाल देखेर पनि हिमाल नचिनेको म टुपुक्क एउटै जापानीज फुजी माउन्टेन हेर्दा त बल्ल म झल्यास भएँ हिमाल त यति सुन्दर पो हुँदोरहेछ भन्ने अनुभूति भयो गीत सङ्गीत बुझ्न पनि, लालीगुराँसको महिमा गाउन साकुरालाई पहिला अङ्कमाल गर्नपन्यो ।

ताल तलैयाको विशेषता बुझ्न प्रवासका तालहरूका समुन्द्रका पानी जहाज चढ्ने पत्यो प्राकृतिक सुन्दरता, मानवीय सुन्दरता, सरसफाई अनि सम्बन्ध विकास गर्न जापानको माटो र आफ्नो एकपेट भर्न जापानको आटो रोज्नै पर्यो । केही अवसर, केही आधार नदेखेरै त होला नि म पनि अरूहरू जस्तै परदेशिन परेको । पक्कै पनि अवसरहरू भित्री नजरले देख्न नसक्नु, पहिचान गर्न नसक्नु मेरै कमजोरी हो ।

हाम्रै कमजोरी हो, कस्तुरी भौतारिए जस्तै गरी ।

करीब ५० वर्षको उमेर लाग्दा मैले कहिलेदेखि पोखरा देखें र कहिलेदेखि पोखरा चिन्न र बुझ्न थालेँ ? अझै चिन्न बुझ्न कति बाँकी छ ?

प्राकृतिक बनोट नै अत्यन्त सुन्दर, सन्तुलित रूपमा बनेको पोखरामा नवजोडीहरू सुटुक्क घुम्न आएर डुङ्गामासंगै रमाउने प्रेममा लिप्त भएर हराउने यस्तै जोडीहरू जस्तै म आफै पनि त परदेशीसँगको प्रेममा लिप्त थिए त्यही प्रेमले पोखराबाट धेरै टाढा सात समुन्द्र पारी उडाएर ल्यायो । आज त्यही प्रेमले सङ्घर्ष गर्न, धैर्य गर्न, नयाँ नयाँ सिक्न, बुझ्न र सधै सकारात्मक रहन सिकाएको छ । आज आएर टाढाबाट हेर्दा फोकस मिलेर पनि होला आखिर सबै कुरा नेपालमै रहेको आभाश भएको छ । अवसरहरू पनि त्यही रहेछन् । चर्चित गायक पशुपति शर्माले गाए जस्तैः ‘मलाई अमेरिका यही, जापान पनि यही ।’ आजकल जापानमा खेत खन्दै गर्दा एक्लै गुनगुनाउँछु पनि ।

एड्भेन्चर टुरिष्ट, हाम्रा परदेशी अनुभवको सुखद समृद्ध पोखरा बनाउनुपर्छ । प्याराग्लाईडिङ, बन्जीजम्प जस्ता एड्भेन्चरदेखि ट्रेकिड, हाइकिङ, व्याक्टिङ क्याम्पपिड, बोटिङ, फिसिङ, साइक्लिङ, सनराइज, सनसेट, स्टारवाच, जङगल सफारी आदि व्यवस्थित गराएर यसैभित्र अन्य सर्भिस व्यापार बिजनेसको मोडल तयार गर्न सकिए टुरिस्ट खाली हेर्न मात्र आउने हैनन् । अन्य मनोरञ्जन गर्न पनि आउने हुन् । चाहाना बुझ्न सकिए टुरिष्ट झ्याप्पै बढाउन सकिन्छ।

होटल महङ्गो जहाज महगो । खाने पिउने व्यवस्थापन राम्रो छैन भने कसरी टुरिष्टले अन्य शीर्षकमा पैसा खर्च गरून् ? प्रायले राम्रो मिठो खान पिउनका लागि खर्च गर्छन् । यद्यपि सस्तो होटल सस्तो टिकट खोज्ने भएपनि हाम्रोमा पर्यटकको लागि दिने हस्पिटालिटी अलिकति उल्टो छ । सरकारले नै ट्रेकिङ प्रमिट, अन्य इन्ट्री अन्य के के भन्दै पर्यटकबाट पैसा मात्रै उठाएको बढी महसुस गराइन्छ । यही कारणले पनि घुम्न आउने पर्यटकहरूले आफ्नो पर्स अलि कति टाइट बनाउन परेको त हैन ?  अनुमान । यस्ता विषयमा सोच्न जरूरी छ ।

यहाँनिर आएर परदेशिएका नेपालीहरूको महत्व छ । जापानबाट पैसाभन्दा पनि धेरै महत्वपूर्ण कुराहरू हाम्रो देशमा भित्र्याउन सकिन्छ । जापानमा विभिन्न क्षेत्रमा अनुभव लिएर बसेका नेपालीहरू नेपाल फर्केर सोझै संलग्न भएर, अथवा लगानी गरेर, अथवा हस्पिटालिटी व्यवस्थापनको सल्लाह, सुझाव दिएर यो इन्द्रस्ट्रीलाई ठुलो बनाउन सकिन्छ तर भन्नैपर्छ नेपालको विकसित भइनसकेको बिजनेस कल्चरले गर्दा विभिन्न कठिनाइरूले पुरै मोटिनेटिव भएर देशको लागि पोखराको लागि केही गरौं न त भन्ने स्थिति अझै देखिंदैन । राज्यले विशेष चासो दिएर अगाडि बढे सुधारको बाटोमा पक्कै जाने छ ।

पोखरामा जाइका देखि अन्य आइएनजीओदेखि नेपाली व्यवसाय गर्नेहरूले ट्राउट माछा फर्म, अन्य कृषि फारम, खानेपानी व्यवस्थापनमा गरेको योगदान करिव अबको केही वर्षमा पूर्णता पाएर विभिन्न क्षेत्रमा बलियो उपस्थिति पोखराले राख्दै छ अन्तराष्ट्रिय विमानस्थल बनेको छ । खानेपानी व्यवस्थित हुँदै छ । बाटाहरू पक्की धुलो नउड्ने बन्दै पूर्णता पाउने सिलसिलामा छन्। बिस्तारै बिस्तारै राम्रो लय लिएको कुरालाई पनि नकार्नु हुंदैन। सबै एकभएर नेपाल बनाउन लाग्न जरूरी छ । म प्रवासमा बस्नेले पनि मैले पनि सकेको भूमिका निसङ्कोच निभाउनु पर्दछ ।

पोखरामा आधुनिकीकरण गर्दै जाँदा हाम्रो सुन्दर पहिचान जोगाएरै संसारको एक नमुना पोखरा बनाउन सकिए साँच्चिकै थप धेरैको आकर्षको सहर हुने थियो कता कता पोखरा बजारका सम्पूर्ण । खेतबारीहरू अव्यवस्थित भवनहरूले भरिंदा ग्रीनरी कम देखिदा, धुलो र छारो थपिंदा, ढल, नल, व्यवस्थित नहुँदा, अनेक प्रकारका सवारी साधन थपिदै जाँदा बाटा घाटाहरू साँघुरा महसुस हुँदै गएका हुन् । बाटो बाटोका पोलमा जिग्रिङ तारहरू पर्नु, कागले गुडसम्म लगाउन भ्याउने ख्यालका । रूख छोडेर तारहरूको बिचमा बसाई सराई गरेर बच्चा कोरल्नु पर्ने कौवाको बाध्यता अलि अप्राकृतिक हो कि जस्तो पनि लाग्छ ।

देश छोडेर धेरै मात्रामा बाहिरिनु पनि अप्राकृतिक नै हो की ?

जापानमा बढ्दो नेपाली जनसंख्या र हाम्रो रहन सहनमा धेरै फरक भएछ । म पनि जापान आएको २६, २७ वर्ष भएछ, त्यो बेला जापान भरी मुस्किलले दुई हजार थियौं होला । विशेष समयमा टाढा टाढाबाट भेट्ने योजना बनाएर मुस्किलले भेटिन्थ्यो नेपाली जस्तो लागे टाढैबाट देखे पनि हात हल्लाउने बोलाउने नेपालीपन आजकल स्वात्तै बढेर २०२३ डिसेम्बर सम्म १,७६,३३६ पुगेका नेपाली आजका दिनसम्म त करीव दुई लाख वरिपरि छौं होला।

भर्खरको नेपाली चाडपर्व जापानमा जाँदै र फर्कदै गर्दा स्टेसन, रेलको डिब्बामा आधाभन्दा बढी नेपाली पाइनु एकआपसमा नेपाली हो भन्ने भावना पटक्कै नदेखिने । मस्त मस्त आआफ्नै सुरतालमा हुन त यो एक किसिमको जीवनको सुरताल हो नै कतिपय यी सुखका क्षण भए पनि कतिपय भने फरक पाएँ । अहिले अरूहरूभन्दा विद्यार्थी संख्या सबै धेरै भएको छ । लगभग ९५% भन्दा बढी विद्यार्थीको जापान आउने बित्तिकै प्रथम उद्देश्य पैसा कमाएर जापान आउँदा लागेको सावा ब्याज तिर्न दिनरात मेहनत गर्ने के पढाइ, | पढाइ, खै जापानिज भाषा ? चर्को फिस तिर स्कुल हाजिर ही स्कुलमै सुत, अनि काममा जाऊँ । अरू सेक्टरका कुरा म यहाँ गर्दिनं तर युवा विद्यार्थी त हाम्रा भविष्य हुन ? के यिनीहरूको शिक्षा, सिप, तालिम, अनुभवहरूमा दक्षता हुनु पर्दैन ?

हो, हामी नेपालीको प्राकृतिक गुण भएको हँसिलो मुहार, मिलनसार, मेहनती, इमान्दारिता, यसैका कारण नेपालीहरू रोजाइमा पर्छन् । तर यसमा भाषाको ज्ञान, शैक्षिक विज्ञता, सिप, तालिम, अनुभवमा दक्षता बढाउन सकिएको खण्डमा हामी नेपालीको गुणस्तर बढ्ने थियो । अवसरहरू बढ्ने थिए । रेमिटेन्स बढी पठाउने मात्र कुरा हैन दक्षताले हाम्रो देशको उन्नत विकासमा पनि पर्ने थियो । यस्ता सवालहरूमा गतिलो मियो बन्नका लागि प्रवासका संघसंस्थाले गतिलो भूमिका निभाउन सक्नपर्ने हो खास अर्थमा ।

यसो भनिरहँदा हामी प्रवासमा के कसो गरिरहेका छौं त ?

आज के हामी नेपाली एक छौं त प्रवासमा ? अहँ छैनौ नेपालमा भन्दा बढी संगठन जापानमा बनेका छन् । टोलै पिच्छेका सामाजिक संस्थाका पसल खोलेर जापानमा के काम ? हामीले गलत गरेका छौ । यस्तो हाम्रो गतिविधिले गर्दा नेपालका लागि सुझाव दिने स्तरको नैतिक आधार पनि खासमा छैन । हरेक हिसावले सामाजिक सुरक्षा भएको देश जापानमा के को लागि यति धेरै सामाजिक संघ संगठन चाहिन्छ र ?

प्रदेशमा यति धेरै नेपाली बढिरहँदा पक्कै पनि विकृतिहरू पनि सकारात्मक कुराहरू पनि बढी रहन्छन् । बिकृतिहरू बिस्थापित गर्दै सकारात्मक कुराहरूलाई बढवा दिनुपर्छ । भएका संघसंस्थाहरू शैक्षिक व्यवसायिक, सामाजिक गतिविधि हेर्नको लागि सबै नेपाली बिचबाट एउटा बलियो संस्था भए पुग्छ जस्तो लाग्छ । संघसंस्था वैधानिक रूपमा चलाएर जापान, लगायत अन्य मुलुकमा रहने नेपालीको सुख, दु:खमा साथसँगै दक्षताको व्यवस्थापन गर्न सकिन्छ । यसो गर्दा हाम्रो पहिचान बलियो हुने थियो।

कतिपय बेला सिपमूलक दक्ष व्यवस्थापक, उचित समयमा नेपालमा फर्काउन, कतिपयलाई व्यवसायिक लगानीमा उत्प्रेरित गर्न पनि भूमिका खेल्न सक्ने संस्था बन्न सक्ने थियो । यस्तै यस्तै नयाँ फरक सोचौं न । आशा छ, यस्तै सिर्जनशील कुराहरूमा पक्कै पनि पोखरा समाजले आगामी दिनमा रचनात्मक ठूलो भूमिका खेल्ने छ ।

पहिलो पटक नजर राख्दा जापान त समुन्द्रे समुन्द्रले घेरिएको ससाना चिटिक्कका घरदेखि ठुला ठुला भवनहरू भएको, जता पनि सफैसफा, मेहनती मानिसहरू देख्दा सुरुको तीन महिनाजति त ट्वाल्ल परेर जे पनि हुन्छ हुन्छ मुसुक्क हाँस्दै जवाफ दिइरहँदा कता कता जापानिज भाषाहरू फ्याट्ट फुट्ट मुखबाट आउन थालेको थियो । जापान आउनु पूर्व केही सोचिनँ तर पढ्न भने असाध्यै रहर थियो । पूर्वतयारी विना जापान आएकाले पढ्ने कुरालाई सोधे जसरी अगाडि बढाउन सकिएन । तर पनि दुख सुख स्वअध्यनबाटै विभिन्न चुनौतीहरू भोग्दै अगाडि बढ्दै गएँ ।

एउटा कुरा त्यतिखेरै महसुस गरिसकेको थिएँ यो भएन त्यो भएन बहाना बनाएर हैन जे गर्नछ पूर्ण ध्यान दिएर, मन लगाएर गर्न पर्ने रहेछ भन्ने कुरा सायद यसै शूत्रले होला धेरै मेहनत गर्न परे पनि कहिल्यै निराश भने बनाएन ।

विभिन्न उद्देश्य लिएर जापान आउन खोज्ने र आइसकेका भाइबैनीलाई सुझाव पैसा मात्र कमाउने प्रमुख उदेश्य नवनाउनुहोला । अवश्य अर्थ महत्वपूर्ण भएकाले व्यवस्थापनको प्रवन्ध त गर्नैपर्छ । पहिलो उद्देश्य के हो, त्यसमा एकीन भएर चार, छ वर्ष राम्रो मेहनत गर्न सक्नु भयो भने राम्रो रिजल्ट आउने छ जसले पुरै जीवन सफल धारमा हिँड्ने छ । त्यसपछि आफ्नै देशमा फर्किएर केही गर्न सक्षम बनिन्छ । अझै थप केही कार्य अनुभव लिएर पैसापनि कमाई नेपाल फर्कने सोच राखे पनि हुन्छ। यतै परि वार बनाएर बसे पनि हुन्छ। परिवार बनाएर बसे पछि भने धेरै जिम्मेवारी थपिने हुँदा देश फर्कन सहज भने हुँदैन। मलाई त्यस्तै अनुभव महसुस भएको छ ।

अबका भाइबैनीहरूको पहिलो रोजाई आफ्नै देश बनोस् जहाँ भाषाको जन्मसिद्ध सुविधा छ जसले अध्ययन, अवसरमा कुनै तनाब बिना फड्को मार्न सकियोस् । यसो भनिरहँदा देशको राजनीतिक स्थिति, देशमा अवसरहरू आदिको सबाल उठिहाल्छ। तर पनि आशावादी बना देश बन्छ देश हामीले नै बनाउने हो । देश बनाउने भन्दै ठूलो सपना देख्नै पर्दैन। केवल एकजना नागरिक सक्षम बनौ। अर्थात् पहिला आफू सक्षम बनौं परिणाम देखिन थाल्छ यो जापानको लामो बसाईं अनुभवको अभिव्यक्ति हो | परदेशमा गएर परदेशको यथार्थ सङ्घर्ष परिश्रम मेहनत गर्दा देखिएको अवस्था र परिणाम सरल तरिकाले बुझाउन सक्ने नेपाली बनौं ।

जापान आउने क्रम स्वात्तै बढेर होला कतिपय विद्यार्थीहरूको बस्ने ठाउँ व्यवस्थित नहुँदा कोचाकोच गरेर बसेको मिडिया मार्फत देख्न पाइयो । बारवेक्यु जस्ता भेटघाट, रमाइलो पनि प्रवेश निषेध गरेको ठाउँमा गरेको भेटियो निम्नस्तरको क्रियाकलाप रोक्ने कुराहरूमा पनि ध्यान जान जरुरी छ ।

जापानमा नेपाली फेस्टिभल कसको लागि हो भन्नेमा बुझ्न असहज थियो भने आजकल धेरै विकसित रूपमा चाडपर्व आयोजना हुन थालेका छन् । नेपाली जापानिज बराबरी खालको उपस्थितिको सम्भावना देखिनु यो भोलिको लागि शुभसङ्केत हो ।

फेरि पनि पोखरा समाजको सिङ्गो टिमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। सोचलाई अझ खुल्ला बनाएर पोखरा समाजले एक खुल्ला नेपालीहरू समेट्ने संस्कृति, सभ्यता, ज्ञान, गुनका कुराहरू आदान प्रदानमा अझ बढी उल्लेखनीय योगदान दिन सकोस् । कास्की पोखरा समाजका अध्यक्ष सन्देश अधिकारी, सचिव विष्णु भण्डारी लगायत सम्पूर्ण टिमले नमूनाको रूपमा उल्लेख्य भूमिका खेल्नु हुने छ | हार्दिक शुभकामना सहित।

-पोखरा-३३ जामुनाबोट, हाल: जापान टोकियो/(कास्की पोखरा समाज जापानको स्मारिका २०८१ बाट)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *