संसदमा प्रश्नः विपिन जोशी रिहाइबारे के हुँदैछ?

काठमाडौं। हमासको कब्जामा रहेका भनिएका नेपाली विपिन जोशीको रिहाइबारे प्रतिनिधिसभामा प्रश्न उठेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले हमासको नियन्त्रणमा रहेका विपिन जोशी रिहाइको कार्य प्रगतिबारे सदनमा जानकारी गराउन माग गरेका हुन्।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जोशीको रिहाईका लागि सरकारले के प्रयास गरेको छ, कति कोसिस गरेको छ, कहाँसम्म संघर्ष गरिरहेको छ त्यो कुरा संसदलाई जानकारी गराउनुपर्ने बताए।

उनले भने, ‘इजरायल र हमासबीच जुन युद्ध भयो त्यसबाट ५० हजार मान्छे मरे। दुई समूहबीच सम्झौता भयो। युद्धविराम भयो। कयौं देशका मान्छेहरु हमासको गिरफ्तारीमा परेकाहरु रिहाई भए तर कन्चनपुरका विपिन जोशीको अहिलेसम्म केही पत्ता लागेको छैन। यस सम्बन्धमा सरकारले सदनमा जानकारी गराउन पर्दैन?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *