‘मन्त्रीको सम्पत्ति विवरण खोइ, यही हो पारदर्शिता?’

काठमाडौं। प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै रास्वपा सांसद अशिम शाहले यस्तो माग गरेका हुन्।

‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन्?’ उनले भने, मन्त्रीहरूले कहिले सम्पत्ति विवरण सार्वजनिक गर्ने सोच राखेका छन्?’

मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त भन्दै सांसद शाहले भने, ‘तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरियोस्।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *