पुलबाट बस खस्दा २३ जना घाइते
चितवन। चितवनमा आज आइतबार बिहान बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्। घाइतेहरुलाई उद्धार गरेर उपचारका लागि पठाइएको छ।
नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो।
बसमा २८ जना सवार थिए। प्रहरीका अनुसार २३ जना घाइते भएका छन् भने अन्य यात्रु सकुशल छन्। घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
टायर पञ्चर हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ। प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।
प्रतिक्रिया
