अष्ट्रेलियाको अनौठो बिरूवा : ब्ल्याक ब्वाइ

अष्ट्रेलियामा विभिन्न अनौठा र नौला बिरुवा पाइन्छन्। तीमध्ये एक हो- ब्ल्याक ब्वाइ (बालगा) । यो एभोरिजन नामले अष्ट्रेलियामा सामान्यतया चिनिन्छ। यसले जन्थोरिया (Xanthorrhoea) प्रजातिलाई जनाउँछ।

विशेषगरी Xanthorrhoea johnsonii वा Xanthorrhoea australis । तर, ब्ल्याक ब्वाइ नाम अब पुरानो नाम हो। यसलाई यहाँका आदिबासीले होच्याएको महसुस गर्ने हुँदा अचेल नाम परिवर्तन गरी यसलाई ‘ग्रास ट्री’ वा यसको वैज्ञानिक नामले चिनिन्छ।

यसलाई अष्ट्रेलियाको मौलिक र रैथाने विरुवा मानिन्छ, जुन एभोरिजन जातिको परम्परासँग जोडिएको छ। यसको लामो घाँसजस्तो पातहरू तहको टुप्पामा हुन्छन्। दशकौं लगाएर तह विकसित हुन्छ।

फूल फुल्ने लामो स्पाइकहरू (५ मिटर लामोसम्म) प्रायः जंगलको आगोले प्रेरित हुन्छन् र मौरी तथा चराचुरुंगीलाई आकर्षित गर्छन्। आदिवासी समुदायले यसलाई खाना, औजार र टाँस्ने पदार्थ बनाउन प्रयोग गर्छन्।

यो बिरुवा प्रायः सुख्खा, बालुवायुक्त जमिनमा पाइन्छ। पश्चिम अष्ट्रेलियामा जताततै देख्न सकिन्छ। यो विभिन्न आकार प्रकार र अनौठा खालका हुन्छन्।

जैविक विविधता रहेको यहाँ पृथ्वीको सबैभन्दा ठूलो बिरुवा पनि पाइएको थियो। गत वर्ष अष्ट्रेलियाको पश्चिमी तटमा रहेको सार्क खाडीमा उक्त बिरुवा फेला परेको हो। वैज्ञानिकहरुका अनुसार यसले करिब २०० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ।

यो बिरुवा पोसिडोनिया अष्ट्रेलिस प्रजातिको हो। यसलाई फाइबर बल विड वा रिबन विड पनि भनिने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्। आनुवंशिक परीक्षण प्रयोग गरेर वैज्ञानिकहरूले पश्चिमी अष्ट्रेलियामा ठूलो पानी मुनिको एउटा घाँसे मैदान वास्तवमा एउटा बोट हो भनेर निर्धारण गरेका थिए। यो कम्तीमा ४५०० वर्षमा एउटै बीउबाट फैलिएको विश्वास गरिएको छ।

अध्ययन टोलीले पर्थबाट करिब ८०० किलोमिटर उत्तरमा रहेको सार्क बेमा संयोगवश फेला पारेका थिए। अन्वेषकहरूले खाडीबाट विरुवाको अंकुर संकलन गरेपछि १८०० आनुवंशिक मार्करहरू जाँच गरेका थिए। त्यसपछि प्रत्येक नमुनाबाट फिंगरप्रिन्ट निकालिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *