त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल र थाइल्याण्ड खेल्दै
काठमाडौं। महिला त्रिकोणात्मक टी–२० आई सिरिजमा आज मंगलबार नेपाल र थाइल्याण्डबीच खेल हुँदैछ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे खेल सुरु हुनेछ।
दुवै टोली सिरिजमा चौथो खेल खेल्दै छन्। नेपाल अहिलेसम्म खेलेको सबै ३ खेलमा पराजित भएको छ। नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो।
थाइल्याण्ड भने सिरिजमा खेलेका सबै ३ खेलमा अपराजित छ। पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीमा बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पूजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसाकुमारी यादव, रेवती धामी, ईश्वरी बिष्ट र सीता राना मगर छन्।
थाइल्याण्डको टोलीमा नारुइमोल चाइवाई, नाट्टाया बुचाथम, नाथाकन चान्थम, नान्नापत खोन्चरोएन्क, अफिसारा सुवान्चोनरथी, चानिदा सुत्थीरुआंग, ओनिचा कामचोम्फु, रोसेनी कानोह, सुलेपोर्न लाओमी, थिपचा पुत्थावोंग, सुवानान खियाओतो, फन्नीता माया, सुनिदा चतुरोंगरत्न र नान्नाफाट चैहान छन्।
