नेदरल्यान्ड्ससँग १५ रनले नेपाल पराजित

काठमाडौं। त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भएको छ। नेदरल्यान्ड्सले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय २५ रनमात्र बनाउन सक्यो।

नेपालकी कप्तान इन्दु बर्माले ३०, सम्झना खड्काले २३ रन बनाइन्। नेदरल्यान्ड्सकी आइरिस ज्विलिङ्ग र क्यारोलिन डी लाङ्गेले २–२ विकेट लिए।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४० रन बनायो। नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन्। नेपालकी सीता राना मगरले ५ विकेट लिइन्।

शृङ्खलामा नेपालको यो लगातार तेस्रो हार हो। नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले र हिजो थाइल्यान्डसँग २० रनले पराजित भएको थियो। प्रतियोगितामा भोलि नेदरल्यान्ड्स र थाइल्यान्डबीच खेल हुनेछ। लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *