दुर्घटनामा महोत्तरीका एकै परिवारका ४ सहित ५ जनाको मृत्यु
विराटनगर। भारतको मुजफ्फरपुर सदरथाना क्षेत्रको मादापुर सडक खण्डमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। कुम्भ मेलाबाट फर्कने क्रममा भएको दुर्घटनामा महोत्तरीका एकै परिवारका चार र चालकसहित पाँच जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा चार जना गम्भीर घाइते भएका छन्। उनीहरु चढेको बीआर ३२ पिए ४६६१ नम्बरको स्कर्पियो जिप विपरीत दिसाबाट आउँदै गरेको मोटसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई सडकमै पल्टिएको थियो।
दुर्घटनामा महोत्तरीको मनरा शिश्ववा–२ कट्टी घर भएका ६० वर्षीय बालकृष्ण झा, ५० वर्षीया इन्दु देवी, ५५ वर्षीय मनतारण देवी, ३० वर्षीय अर्चना झा र पहिचान नखुलेका चालकको मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका ३० वर्षीय मनोहरकुमार झा, २५ वर्षीय कामनी झा, ७ वर्षीय सृष्टि झा र ५० वर्षीय जगतारण देवीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
