काठमाडौंमा चुरोटको विज्ञापन गर्नेलाई २५ हजार जरिबाना

काठमाडौं। चुरोटको विज्ञापन गर्दै सार्वजनिक स्थानमा पोस्टर टाँसेको भन्दै एक वितरकलाई काठमाडौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिबाना तिराएको छ।

क्यामेल चुरोटको पोस्टर टाँस्ने काठमाडौं वडा नम्बर १६ स्थित तसेभेन ओसियन नामक वितरकलाई जरिबाना तिराएको महानगरले जनाएको छ।

महानगरका विभिन्न स्थानमा क्यामेल चुरोटको पोस्टर टाँसेर विज्ञापन गरेको पाइएपछि जरिबाना गरिएको महानगरको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *