पुलिसलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन
काठमाडौं। एन्फा महिला लिग फुटबलको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ। नेपाल पुलिस क्लबलाई हराउँदै एपीएफले उपाधि जितेको हो।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा आज भएको फाइनलमा एपीएफले पुलिसलाई ४–० गोलले हरायो। एपीएफका सबिता राना मगरले २ तथा सरु लिम्बु र अनु लामाले १–१ गोल गरे।
एपीएफले उपाधिसँगै १० लाख र उपविजेता बनेको पुलिसले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
महिला लिगमा शुरूमा १० वटा टोलीले प्रतिस्पर्धा गरेका थिए। सिङ्गल राउन्डपछि शीर्ष ५ टोली सुपर लिगमा प्रवेश गरेका थिए। एपीएफ शीर्ष स्थानमा रहँदा आर्मी दोस्रो, पुलिस तेस्रो र बाग्मती युथ क्लब चौथो भएको थियो।
पाँचौं भएको स्याङ्जाको वालिङ नगरपालिका सुपर लिगबाट बाहिरिएपछि शीर्ष ४ टोली प्लेअफ पुगेका थिए।
प्रतिक्रिया
