पाथीभरामा केबलकारको विरोध : यातायात बन्दले यात्रु प्रभावित
विराटनगर। ताप्लेजुङको पाथीभरामा केबलकार निर्माणको विरोधमा आह्वान गरिएको बन्दका कारण आज बुधबार पनि यातायातका साधन चल्न पाएका छैनन्। मेची राजमार्गमा सवारी साधन सञ्चालन नहुँदा यात्रुहरु गन्तव्य जान पाएका छैनन्।
मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति, केबलकार खारेजी संयुक्त संघर्ष समिति लगायतले बन्द आह्वान गरेका हुन्। बन्दका कारण इलाम, पाँचथर, झापा र ताप्लेजुङका यात्रु प्रभावित भएका हुन्।
माघ १२ गते ताप्लेजुङको फुङलिङ–११ बलु डाँडामा केबलकार निर्माणको विरोधमा रहेका आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। प्रहरीले दमन गरेको भन्दै संघर्ष समितिले विरोधमा बन्द आह्वान गरेको हो। मंगलबार पनि बन्दले जनजीवन प्रभावित भएको थियो।
पाथीभरामा केबलकारको विरोध : सरकारले पहिचानवादीलाई वार्तामा बोलायो
प्रतिक्रिया
