मलेसियाबाट १६ जना नेपाली निष्कासन

काठमाडौं। मलिसयाले गैरकानुनी रुपमा बसिरहेको भन्दै १६ जना नेपाली कामदारलाई निष्कासन (डिपोर्ट) गरेको छ।

निष्कासनमा पर्नेहरुमा प्रकाश लिम्बू, रामबहादुर सुनुवार, राजेश शाह, अमितकुमार राम, अर्बिनकुमार यादव, करणकुमार मोची, प्रदीप चोख्याल, डम्बरबहादुर बोहरा, रामदास केवत, सुरजदेव साह तेली, दीपेन्द्र सुब्बा, भीमबहादुर तामाङ, गणेश परियार, मक्का लामा, चित्रबहादुर खत्री र राजनकुमार शाही छन्।

मलेसियाको अध्यागमन कानुन उल्लंघन गरेको भन्दै उनीलाई त्यहाँको सरकारले पक्राउ गरेर निष्कासन गरेको हो। निष्कासनमा परेका उनीहरु गत साता नेपाल फर्किसकेका छन्।

मलेसियामा बसेर कम्पनी फेर्ने, श्रम सम्झौता विपरीतको काममा संलग्न हुने, भिसाको अवधि सकिए पनि काम गरेर बस्ने गरेको पाइएको त्यहाँको निकायले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *