विराटनगर नेपाल कबड्डी लिगको ‘प्लेअफ’ मा
काठमाडौं। विराटनगर ब्यान्डिट्स नेपाल कबड्डी लिग (एनकेएल) को ‘प्लेअफ’ मा प्रवेश गरेको छ।
शुक्रबार भएको पहिलो खेलमा हिमालयन रेइडर्सलाई ३४–३० ले पराजित गर्दै विराटनगर ‘प्लेअफ’ पुगेको हो। चार खेलबाट १६ अंकसहित विराटनगर तेस्रो स्थानमा छ।
जनकपुर नाईट्स र काठमाडौं माभरिक्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेका छन्।
प्रतिक्रिया
