इलाम नगरपालिकामा रास्वपाको नयाँ कार्यसमिति

इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) इलाम नगरपालिकाको पालिका अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ।

अधिवेशनबाट नगर सभापतिमा भुवन पौडेल निर्वाचित भएका छन्। उपसभापतिमा केदारप्रसाद न्यौपाने, सचिवमा यामप्रसाद दाहाल, सहसचिवमा ज्ञानेन्द्र घिमिरे र कोषाध्यक्षमा हिमादेवी आचार्य चयन भएका छन्।

कार्यसमिति सदस्यमा चुडामणि अधिकारी, दीपक आले मगर, योगेन्द्रबहादुर आचार्य, बुद्धकुमारी राउत, सनमती श्रेष्ठ, दुर्गा सुवेदी र नेत्रकला खनाल निर्वाचित भएका छन्। यसैगरी दलित सदस्यको पद भने पछि नियुक्त गरिने जनाइएको छ।

अधिवेशनले नयाँ नेतृत्व चयन गरेसँगै निर्वाचित तथा मनोनीत भई विभिन्न जिम्मेवारी प्राप्त गर्ने सम्पूर्ण पदाधिकारी, सदस्य तथा प्रतिनिधिहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

नयाँ कार्यसमितिको नेतृत्व, सक्रियता र समर्पणले संगठनलाई अझ सशक्त, व्यवस्थित र जनमुखी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

संगठनको मूल्य, सिद्धान्त र जनअपेक्षालाई आत्मसात् गर्दै इलाम नगरपालिकामा सकारात्मक परिवर्तनको अभियानलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउने अपेक्षा समेत राखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *