श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा

काठमाडौँ। श्रीलंकालाई २-० ले पराजित गर्दै नेपाल भारतमा जारी साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

लगातार दोस्रो जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेताको रूपमा सेमिफाइनल पुग्न सफल भएको हो। यसअघि खेलिएको आफ्नो पहिलो खेलमा नेपालले भुटानलाई १-० ले पराजित गरेको थियो।

समूह विजेता बनेको नेपालले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ। समूह ‘बी’ अन्तर्गत आज‌ हुने भारत र बंगलादेशबीचको खेलको नतिजापछि मात्र नेपालको सेमिफाइनल प्रतिद्वन्द्वीको टुङ्गो लाग्नेछ।

आज श्रीलंकाविरुद्ध भएको खेलमा नेपालका लागि बिर्सना चौधरीले डेब्यु समेत गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *