नजर
नसुनाऊ मलाई अरूका कुरा
एकपटक सबैको फुटेको छ भाग्यको चुरा
म बाँचेको यसैले हो लत भए पनि
म मेरो नजरमा सही छु तिम्रो नजरमा गलत भए पनि
म आफ्नै तालमा नाच्छु तर जुरेली होइन
म आफूलाई खुसी बनाउँछु जुन झेली होइन
मान्छु तिम्रो सोच, सपना अल्छी छैन
तिमीलाई समात्न सक्ने कुनै बल्छी छैन
तर विचार गर तिमी पनि
अँध्यारोलाई सराप्दैमा जुन पल्टिँदैन
चिन्न नखोज मलाई कोही होइन म
छिन्न नखोज मलाई ठेकीको मही होइन म
झुटो सुख र दुःख कहिल्यै पनि साट्दिनँ
नक्कली आँसु बोक्ने पानीको गोही होइन म
नसुनाऊ मलाई अरूका कुरा
एकपटक सबैको फुटेको छ भाग्यको चुरा
म बाँचेको यसैले हो लत भए पनि
म मेरो नजरमा सही छु तिम्रो नजरमा गलत भए पनि
प्रतिक्रिया
