दुर्गा प्रसाईँविरुद्ध मुद्दा दर्ता
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। प्रसाईँविरुद्ध साइबर अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
अदालतमा उपस्थित गराइएका प्रसाईँको बयान आज नसकिएकाले भोलि मङ्गलवार पुनः उपस्थित गराउने गरी अहिले अदालतले उनलाई हिरासतमै फिर्ता पठाएको छ।
प्रतिक्रिया
