अध्यक्ष ओलीमाथि नेतृत्व छाड्न दबाब

काठमाडौँ। नेकपा (एमाले) को जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठेको छ।

शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्गप्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका थिए। त्यस क्रममा उनले आफूले नेतृत्व नछाड्ने अडान लिए।

बैठकको माहोल आफ्नो विपक्षमा देखिएपछि ओलीले असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै मलाई कसैले सम्झाउनु नपर्ने र आफूले नेतृत्व नछाड्ने बताए। उनले पार्टीलाई अप्ठ्यारो पार्ने काम कसैले पनि नगर्न भन्दै अहिले नेतृत्व बदल्ने कुरा नगर्न निर्देशन समेत दिए।

सचिवालयमा अल्पमतमा परेका ओलीले थप जवाफका लागि भोलिको समय मागेका छन्। उनले आफ्नो कुरा भोलि राख्ने बताए।

पार्टीभित्र बढ्दो असन्तुष्टिबीच महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईसहितका नेताहरू खुलेरै अध्यक्षको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन्।

यसअघि शुक्रबार पहिलो दिनको बैठकमा ५ मध्ये ४ उपाध्यक्षले ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिएका थिए। बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत मात्र ओलीको पक्षमा खुलेका थिए।

अब शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ–आफ्नो धारणा राख्न बाँकी छ। आइतबारको बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राखेपछि ओलीले जवाफ दिएर बैठक सक्ने तयारी छ।

काठमाडौँ । नेकपा एमालेको जारी सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पार्टी पुनर्गठन र नेतृत्व परिवर्तनको आवाज उठेको छ ।

शनिबारको बैठकमा सहभागी अधिकांश सचिवालय सदस्यले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेपछि उनी आक्रोशित बनेका थिए । त्यस क्रममा ओलीले भने, ‘म नेतृत्व छाड्दिनँ ।’

बैठकको माहोल आफ्नो विपक्षमा देखिएपछि ओलीले असन्तुष्ट नेताहरूलाई लक्षित गर्दै भने, ‘मलाई नसम्झाउनुस्, तपाईंहरूले सम्झाउनुपर्दैन । म नेतृत्व छाड्दिनँ । पार्टीलाई अफ्ठ्यारो पार्ने काम कसैले पनि नगर्नुहोस्, त्यसैले अहिले नेतृत्व बदल्ने कुरा नगर्नुहोस् ।’

सचिवालयमा अल्पमतमा परेका ओलीले थप जवाफका लागि भोलिका लागि पर्खिएका छन् । उनले भने, ‘मेरो कुरा भोलि भन्छु ।’

पार्टीभित्र बढ्दो असन्तुष्टिबिच महासचिव शंकर पोखरेल र उपमहासचिव योगेश भट्टराईसहित नेताहरू खुलेरै अध्यक्षको विकल्प खोज्नुपर्ने पक्षमा उभिएका छन् ।

शुक्रबार पहिलो दिनको बैठकमा ५ मध्ये ४ उपाध्यक्षले ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए । बैठकमा उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र सचिव महेश बस्नेत ओलीको पक्षमा खुलेका थिए ।

अब शेरधन राई, भानुभक्त ढकाल, राजन भट्टराई र खगराज अधिकारीले आ-आफ्नो धारणा राख्ने क्रम बाँकी छ । आइतबारको बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राखेपछि ओलीले जवाफ दिएर बैठक सक्ने तयारी छ ।

* * *

विचार र नेतृत्वको संकटमा एमाले


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *