आत्म-प्रभा
रात जूनकिरीले झिलिमिल नृत्य गर्दछन् सदा ।
प्रातः सूर्यकिरण स्वर्णमयले संसार नै छर्कँदा ।१।
सौन्दर्य मनभित्र शान्तिमयले निर्मल ज्योति भरी ।
चम्किला गहनाभूषित धरती प्राकृत शोभा सरि ।२।
सत्य दीपक हो तमस हरेर ज्योतिर्मय आकास ।
प्रेमिल प्राण झैँ सदा हृदयमा छरेर यो सुवास ।३।
करुणा परम् धाम जगतको पुण्य प्रवाह बनोस् ।
यिनकै संगमले हरेक मनमा दिव्य प्रकाशै छरोस् ।४।
मानवता त्यहीँ फुल्छ हरदम ईश्वरका नामले ।
आत्मा बन्दछ पुण्य तीर्थ समान, सत्प्रेमका कामले ।५।
भवकै सुन्दर सार यही हो निर्मल रहोस् यो तन ।
सत् प्रेम अनि करुण भावले खुशी बनोस् यो मन ।६।
०००
प्रतिक्रिया
