दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११:५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *