सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गर्न सिफारिस

काठमाडौं । सरकारले सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार यी अध्यादेशहरू अध्ययनका लागि राष्ट्रपति कार्यालय शितलनिवास पुर्‍याइएको छ ।

यसअघि सरकारले वैशाख १७ गतेका लागि संसद् अधिवेशन आह्वान गरे पनि वैशाख १० गते पुनः स्थगित गर्ने निर्णय गरेको थियो । संसद् अधिवेशन नभएको अवस्थामा सरकारले संवैधानिक निकायहरूमा नियुक्तिको बाटो खोल्न संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएको हो ।

संवैधानिक परिषद्‌मा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख र विपक्षी दलका नेता रहने व्यवस्था छ ।

नेपाली कांग्रेसले सोमबार मात्रै भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको सन्दर्भमा यो सिफारिस आएको देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *