जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

जापानको उत्तर-पूर्वी तोहोकु क्षेत्रमा स्थानीय समयअनुसार सोमबार दिउँसो ४:५३ बजे ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि होक्काइडो, इवाते र ओमोरी प्रान्तका तटीय क्षेत्रमा ३ मिटरसम्म अग्लो सुनामी आउन सक्ने भन्दै चेतावनी जारी गरिएको छ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रविन्दु सानरिकु तट नजिकै प्रशान्त महासागरको १० किलोमिटर गहिराइमा रहेको थियो।

भूकम्पको तीव्रता ओमोरी प्रान्तमा ७ रेक्टर स्केलको जापानी मापन (शिन्दो) अनुसार ‘अपर ५’ रेकर्ड गरिएको छ भने इवाते र मियागी प्रान्तमा ‘लोअर ५’ मापन गरिएको छ।

भूकम्पका कारण ती क्षेत्रमा घरभित्रका सामानहरू खस्ने र मानिसहरूलाई हिँडडुल गर्न कठिन भएको थियो। अधिकारीहरूले तटीय क्षेत्रमा रहेका बासिन्दाहरूलाई तुरुन्तै अग्लो र सुरक्षित स्थानमा जान आग्रह गरेको ‘द जापान न्युज’ ले उल्लेख गरेको छ।

अहिलेसम्म मानवीय क्षतिको विस्तृत विवरण आइसकेको छैन, तर ओमोरी र होक्काइडोमा केही मानिसहरू घाइते भएको र विद्युत् सेवा अवरुद्ध भएको खबरहरू प्राप्त भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *