आज तिनै बा शव भएर…
आँखा कमजोर भयो
चश्माको पावर बढ्यो
तर पनि सन्तानको भविष्य सधैँ उज्यालो देखिरहेँ।
बुबाको हातमा भएको छडी
सजिलै देखिन्थ्यो –
त्यहाँ ठेला पनि हुँदो रहेछ पछि थाहा भयो।
मैले साइकल चाहियो भन्दाभन्दै नकिन्दिँदा
मलाई हामी गरिब हौँ जस्तो लाग्थ्यो
तर पछि थाहा भयो
बुबा हुनु भनेकै संसारको ठूलो दौलत आफूसँग हुनु रहेछ।
आफ्नो लागि एउटा चप्पल समेत नफेरेका बाले
परिवारको निमित्त
अभावै अभावमा पनि सब पुर्याउँथे।
आज तिनै बा शव भएर
नयाँ लुगा
लगाउन पाउँदा सबैसँग बोल्न छोडेका छन्।
-हेटौँडा
प्रतिक्रिया
