विराटनगरको डिग्री क्याम्पसमा अब ३ वर्षे एलएलबी

विराटनगर। त्रिभुवन विश्वविद्यालय कानुन सङ्कायले शैक्षिक सत्र २०८२/०८३ का लागि विराटनगरस्थित डिग्री क्याम्पसमा ३ वर्षे एलएलबी अध्यापन सुरु गर्ने भएको छ।

विराटनगरमा यसअघि पूर्वाञ्चल विश्वविद्यालयमा मात्रै कानुन अध्यापन हुँदै आएकोमा अब नयाँ शैक्षिक सत्रदेखि त्रिभुवन विश्वविद्यालयले पनि कक्षा सञ्चालन गर्न लागेको हो।

त्रिवि कानुन सङ्काय डीनको कार्यालयले सार्वजनिक गरेको सूचना अनुसार शैक्षिक कार्यक्रम विस्तार गरिएका क्याम्पसहरूको सूचीमा विराटनगरको डिग्री क्याम्पसलाई पनि समावेश गरिएको छ।

यो क्याम्पसका लागि एलएलबी तहमा ३०० वटा सिट निर्धारण गरिएको छ। त्रिविले देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कुल ३ हजार ८०० विद्यार्थीका लागि भर्ना खुला गरेको छ।

भर्ना हुन इच्छुक विद्यार्थीहरूले चैत ३० गतेदेखि आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *