वाईफाई जोड्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

विराटनगर। झापाको बाह्रदशीमा वाईफाईको प्लग जोड्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। बाह्रदशी गाउँपालिका-२ की ३५ वर्षीया सुनिता बास्कीको आफ्नै घरभित्र करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार बिहीबार साँझ ५ बजेतिर वाईफाईको प्लग जोड्ने क्रममा नांगो तारले छुँदा बास्कीलाई करेन्ट लागेको थियो। करेन्ट लागेपछि उनको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

घटना लगत्तै प्रहरी टोली पुगेर कानुनी प्रक्रिया पूरा गरेको छ। मृतकको शवलाई पोस्टमार्टमका लागि भद्रपुरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *