पेट्रोलियम पदार्थको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट

काठमाडौँ। सरकारले डिजेल, पेट्रोल र मट्टितेलको आयातमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको चापलाई कम गर्न यस्तो सहुलियत दिने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को बैठकपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले पैठारीमा लाग्ने भन्सार र पूर्वाधार करमा आधा छुट दिइएको जानकारी दिइन्।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेसँगै स्वदेशमा पनि मूल्यवृद्धि हुँदा सर्वसाधारणलाई परेको मर्कालाई ध्यानमा राख्दै सरकारले यो कदम चालेको हो।

यस निर्णयले बजारमा पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य केही सस्तो हुने अपेक्षा गरिएको छ। मन्त्रालयका अनुसार यो छुट तत्कालै कार्यान्वयनमा आउने गरी प्रक्रिया अघि बढाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *