टी-२० विश्वकप : नेपाल र इटलीबीच आज प्रतिस्पर्धा

काठमाडौँ। आईसीसी टी-२० विश्वकप २०२६ को समूह चरण अन्तर्गत नेपालले आज बिहीबार एसोसियट राष्ट्र इटलीको सामना गर्दैछ। समूह ‘सी’ मा रहेका यी दुई टोलीबीचको खेल मुम्बईको वाङ्खेडे स्टेडियममा दिउँसो सवा ३ बजे सुरु हुनेछ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग पराजित भएको थियो भने इटली स्कटल्यान्डसँग हारेको थियो। आजको खेलमा दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिनेछन्।

नेपाल र इटली १३ वर्षपछि फरक फर्म्याटमा भिड्न लागेका हुन्। यसअघि सन् २०१३ को आईसीसी डिभिजन ३ मा यी दुई टोलीबीच प्रतिस्पर्धा भएको थियो। आज हुने खेल यी दुई राष्ट्रबीचको पहिलो टी-२० अन्तर्राष्ट्रिय भिडन्त समेत हुनेछ।

नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले लगातार दुई खेल जित्दै ४ अंक जोडिसकेको छ। त्यस्तै इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलबाट समान २ अंक बटुलेका छन्। आजको खेल नेपालका लागि अघिल्लो चरणको सम्भावना जीवित राख्न निकै महत्त्वपूर्ण मानिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *