‘फ्रेन्च किस’ को मुख्य भूमिकामा रेखा
काठमाडौँ। अभिनेत्री रेखा थापा चलचित्र ‘फ्रेन्च किस’मा आबद्ध भएकी छन्। निर्माणपक्षले चितवनमा छायाकंन भइरहेको यस चलचित्रका लागि रेखालाई मुख्य भूमिकामा अनुबन्ध गरेको हो।
नयाँ पुस्ताको लभ स्टोरीमा आधारित यस चलचित्रमा रेखाको प्रवेशले कथालाई थप सशक्त र आकर्षक बनाउने कार्यकारी निर्माता सौगात बस्नेतले बताए।
रेखाले आफ्नो लामो अनुभव र स्टारडमका आधारमा यस आधुनिक प्रेमकथामा फरक ढंगले प्रस्तुत हुने विश्वास निर्माण टिमको छ।
अर्पण थापाको निर्देशनमा बनिरहेको यस चलचित्रमा अर्पण स्वयं र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो मुख्य भूमिकामा छन्। साथै, चलचित्रमा चर्चित अभिनेत्री गौरी मल्लको पनि अभिनय रहनेछ।
सुदीप बरालको छायांकन र दीपक बज्राचार्यको संगीत रहने यस चलचित्रलाई सन् २०२६ भित्रै प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ।
प्रतिक्रिया
