विराट आदर्श साहित्य मञ्चको नेतृत्वमा पुनः कटवाल दीपक
विराटनगर । विराट आदर्श साहित्य मञ्चको सातौँ राष्ट्रिय महाधिवेशनले कटवाल दीपकलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको छ। आइतबार विराटनगरमा सम्पन्न महाधिवेशनले दीपकको नेतृत्वमा नयाँ कार्यसमिति निर्माण गरेको हो।
मञ्चको उपाध्यक्षमा माधव काफ्ले र सुस्मिता रेग्मी, सचिवमा जीवन निरौला, सह-सचिवमा आभाष कोइराला र विनीता खत्री चयन भएका छन्। त्यस्तै, कोषाध्यक्षमा नगेन्द्र खड्का, सह-कोषाध्यक्षमा रामचन्द्र मेहता र मिडिया संयोजकमा मोहन ढकाललाई जिम्मेवारी दिइएको छ।
महाधिवेशनले आशिका कटवाल, अजय मण्डल, स्वस्तीका मल्ल, एलिसा गुरुङ, अर्चना थापा, आकृति फुयल, एलिजा ठाकुरसहित १७ जनालाई सदस्यमा चयन गरेको छ। मञ्चको सल्लाहकार समितिमा भेषराज पोख्रेल, प्रेम सुवाल, इन्द्र राई, रोहितजंग थपलिया र अर्जुन बस्नेत रहेका छन्।
नवनिर्वाचित पदाधिकारीहरूलाई प्राज्ञ विवस पोख्रेल, प्राज्ञ गंगा सुवेदी र मञ्चका संरक्षक मीनकुमार नवोदितले निर्वाचन प्रमाणपत्र प्रदान गरेका थिए। कार्यक्रममा बोल्ने वक्ताहरूले मञ्चले नेपाली साहित्यको श्रीवृद्धिका लागि खेल्दै आएको भूमिकाको प्रशंसा गर्दै आगामी कार्यकालका लागि शुभकामना दिएका थिए।
कार्यक्रममा प्याब्सन कोशी प्रदेशका कोषाध्यक्ष प्रेम सुवाल, हिसान मोरङका सल्लाहकार दिनेश दाहाल, वरिष्ठ उपाध्यक्ष टिएन तिम्सिना र मोरङ ट्राफिक प्रमुख सन्तोष न्यौपाने लगायतको उपस्थिति थियो।
