काठमाडौँमा यस वर्षकै बढी जाडो: तापक्रम ३ डिग्रीमा झर्‍यो

काठमाडौँ । देशभर जाडो बढ्ने क्रमसँगै काठमाडौँ उपत्यकामा आज सोमबार यो वर्षकै न्यून तापक्रम मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।

मौसमविद् बिनु महर्जनका अनुसार काठमाडौँमा ३.७ डिग्री र ललितपुरको सानेपा क्षेत्रमा ३.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको छ। जाडो बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकहरूलाई सतर्क रहन र अनावश्यक काममा बाहिर ननिस्कन आग्रह गरेको छ।

विशेषगरी बालबालिका, गर्भवती महिला, वृद्धवृद्धा र दीर्घ रोगीहरूलाई जाडोले बढी असर गर्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ख्याल गर्न मन्त्रालयले सुझाव दिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *