विराटनगरमा दुइटा मोटरसाइकल जुध्दा युवकको मृत्यु

विराटनगर। विराटनगर महानगरपालिका–११ जनपथटोलको भित्री सडक खण्डमा आज मंगलबार बिहान दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र–१–०२–०५७ प २२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०४–००२ प ०९७६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा २२०३ नम्बरको मोटरसाइकलका चालक सुनसरी गढी गाउँपालिका–२ का २३ वर्षीय शेखर यादवको टाउको र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई सुरुमा गोल्डेन अस्पताल र त्यसपछि थप उपचारका लागि नोबेल अस्पताल पठाइएको थियो।

नोबेल अस्पतालमा चेकजाँचका क्रममा चिकित्सकले बिहान ९स्२५ बजे उनलाई मृत घोषणा गरेका हुन्। ०९७६ नम्बरको मोटरसाइकलका चालक विराटनगर–११ का ३९ वर्षीय सुदन भट्टराई सामान्य घाइते भएका छन्।

उनको दाहिने हातको औँला र खुट्टामा चोट लागेको छ। थप उपचारका लागि उनलाई मोरङ सहकारी अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *