‘हिजो तिम्रो आज तिम्रो’ मा मुकेश र अस्मीको सशक्त अभिनय

इलाम । नेपाली म्युजिक भिडियो क्षेत्रमा इलामे ठिटो मुकेश गुरुङको सक्रियता लोभलाग्दो देखिएको छ। पछिल्लो समय एकपछि अर्को गर्दै ‘ब्याक टु ब्याक’ म्युजिक भिडियोमार्फत दर्शकमाझ छाएका मुकेशको नयाँ प्रस्तुति “हिजो तिम्रो आज तिम्रो” सार्वजनिक भएको छ।

प्रेम, समर्पण र समयको गतिसँगै बदलिने मानवीय सम्बन्धको कथा बुनिएको यस गीतले सार्वजनिक भएसँगै दर्शक-श्रोताको मन जित्न थालेको छ।
सुमधुर स्वर र सशक्त टिमवर्क

गीतमा गायक कमल घले र गायिका जुनु प्रसाईंको सुमधुर स्वर सुन्न सकिन्छ। गीतकार दिनेश सुवेदीका मार्मिक शब्दलाई संगीतकार सन्तोष प्रगाढ राईले न्याय गरेका छन् भने पुष्कल खत्रीको उत्कृष्ट एरेन्जले गीतलाई थप वजनदार बनाएको छ।

म्युजिक भिडियोमा अभिनेता मुकेश गुरुङलाई अस्मि थापाले अभिनयमा साथ दिएकी छन्। दुवैको केमेस्ट्री र भावनात्मक अभिनयले भिडियोलाई जीवन्त तुल्याएको छ। भिडियोको निर्देशन बबिता श्रेष्ठ मालेकुले गरेकी हुन् भने सुजल श्रेष्ठले सह-निर्देशनमा सघाएका छन्।

भिडियोको दृश्यलाई मुकेश हुमागाईंले आफ्नो क्यामेरामा कैद गरेका छन् भने राजेन्द्र पुरीले यसलाई चुस्त रूपमा सम्पादन गरेका छन्। कलाकारहरूको ‘लुक’ लाई रुपा मानन्धरले मेकअपमार्फत आकर्षक बनाएकी छन्।

उत्कृष्ट टिमवर्क र भावनात्मक कथावस्तुका कारण “हिजो तिम्रो आज तिम्रो” नेपाली संगीत प्रेमीहरूका लागि लामो समयसम्म सम्झनायोग्य बन्ने अपेक्षा गरिएको छ।

-निशान निराैला


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *