रोमान्टिक म्युजिक भिडियो ‘परान’ सार्वजनिक
काठमाडौँ। निर्देशक जस बहादुर याक्खा ‘जसु’ को निर्देशनमा तयार भएको नयाँ नेपाली गीत ‘परान’ सार्वजनिक भएको छ। ‘रे अफ मुन’ को प्रस्तुतिमा बजारमा आएको यस गीतको म्युजिक भिडियोमा कलाकारहरू एन जे शालु र मुकेश गुरुङको रोमान्टिक अभिनय देख्न सकिन्छ।
गीतमा गायक रञ्जन राई र रोजिना बस्नेतको स्वर छ। शब्दहरू अविनाश थापाले लेखेका हुन् भने संगीत संयोजनको काम सौगात जंग थापाले गरेका छन्। गीतको मिक्सिङ र मास्टरिङ स्वयं गायक रञ्जन राईले गरेका छन्। विशाल निरौलाले एरेन्जको जिम्मेवारी सम्हालेका छन्।
रोमान्टिक भाव र आधुनिक प्रस्तुतिलाई संयोजन गरेर तयार पारिएको ‘परान’ गीतले नेपाली संगीतप्रेमी दर्शक तथा श्रोताहरूको ध्यान तान्ने अपेक्षा गरिएको छ। यस गीतको भिडियो छायाङ्कन ज्ञानेन्द्र शर्मा हुमागाईँले गरेका हुन्। सम्पादन राकेश दाहालले गरेका छन्। भिडियोमा रहेका नृत्य संयोजन सन्तोष राजबाहकले गरेका छन्।
‘परान’ गीतको भिडियोमा प्रेमभाव, आकर्षक नृत्य र सुन्दर दृश्यहरूको संयोजनमार्फत दर्शकलाई भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको निर्माण पक्षले जनाएको छ।
