विराटनगरको नोबेल अस्पतालका नर्सहरू आन्दोलित
विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा नर्सिङ सेवाको महत्वलाई ‘दानव जस्तो व्यवहार’ गरी अवमूल्यन गरिएको भन्दै नर्सहरू आन्दोलनमा उत्रिएका छन् ।
‘महङ्गो अस्पताल, सस्तो नर्स’ को नारा बोकेर ५० जनाभन्दा बढी नर्सहरूले आज बुधबार अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा उत्रिएका नर्सहरूले न्यूनतम पारिश्रमिक र सेवा–सुविधा दिनुपर्ने माग गरेका छन् । नर्सहरूका अनुसार पटकपटक मागहरू राख्दै आएको तर अस्पताल प्रशासनले सुनुवाइ नगरेपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रनु परेको हो ।
प्रतिक्रिया
