पोथी आकर्षित गर्न गुँड बनाउँछन् तोप चरा
तोप चरा
यसलाई कोटेरो वा ठाउँ अनुसार बकेचो, सुजेरो पनि भनिन्छ। यसकोे प्रजातिमा, पोथीहरूलाई आकर्षित गर्न भालेहरूले नै सबैभन्दा सुन्दर र उपयुक्त गुँड बनाउनु पर्छ।
गुँड बनिसकेपछि, भालेले पोथीहरूलाई गुँड हेर्न निम्ता गर्छन्। यदि उनीहरूले यसलाई उपयुक्त ठानेनन् भने अर्काे निर्माण सुरु गर्नुपर्छ। पोथीको अपेक्षा पूरा गर्ने गुँड बनाउन नसक्ने भालेहरूले त्यसपछि प्रियसी बनाउने कुनै मौका पाउने छैनन्।
जब भालेले आफ्नो गुँड पूरा गर्छ, पोथीहरूले पहिले नै सुन्दर राम्रो, बलियो गुँड बनाउने भाले छनौट गरिसकेका पनि हुन सक्छन्। त्यसैले भालेहरू पोथीको मन जित्ने आफ्नो सम्भावनालाई अधिकतम बनाउन सकेसम्म चाँडो गुँड बनाउन हतार गर्छन्।
घरको छत हाल्दा ज्यामीहरु कराउँदै, चिच्याउँदै छतमा घुलित रोडा खन्याउन हतार गरे जस्तै कोटेरोहरुले गुँड बनाउने रुखमा पनि हल्लाखल्ला चलिरहेको, गुँड बनाउने घाँस र सिन्का ओसारेको ओसार्यै देखिन्छ।
शब्दः ददि सापकोटा/तस्बिरः झलक थापा

