सुकेटार विमानस्थलमा उडान सुरू

ताप्लेजुङ। चार महिनापछि सुकेटार विमानस्थलमा हवाई उडान सुरु भएको छ। आज आइतबारदेखि उडान सुरु भएको हो। नेपाल वायुसेवा निगमका दुईवटा जहाजमा समस्या आएपछि मंसिर अन्तिम सातादेखि नियमित उडान बन्द थियो।

शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो। काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ।

हवाई सेवा बन्द आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन्। विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए। हाल उनीहरूले सेवा बन्द गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *