लुक्ला र फाप्लु आइपुगे ३६० पर्यटक

सोलुखुम्बु। मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका ३६० जना पर्यटक सोलुखुम्बु आइपुगेका छन्। पर्यटकहरु सगरमाथा क्षेत्रको भ्रमणका लागि आएका हुन्।

मौसम प्रतिकूल हुँदा उनीहरु मन्थलीमा रोकिएका थिए। केही समय मौसम सफा भएपछि पर्यटकहरू फाप्लु र लुक्ला आइपुगेका हुन्।

पर्यटकहरूलाई हेलिकप्टर र विमानबाट फाप्लु र लुक्ला पठाएको मन्थली विमानस्थल प्रमुख हिरोण शाहले जानकारी दिए। शुक्रबार दिउँसो ७ वटा विमान उडान भएकामा ११० जना पर्यटक फाप्ला पुगेका छन्। त्यस्तै, हेलिकोप्टरको ५० वटा उडानमार्फत २५० पर्यटक लुक्ला पुगेका छन्।

सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थलीसम्म गाडीमा आउँछन् भने रामेछापको मन्थली विमानस्थलबाट विमानमा लुक्ला जाउजाउ गर्छन्। उक्त विमानस्थलबाट मौसम सफा हुँदा सोलुका लागि दैनिक ६० वटा भन्दा बढी उडान हुने गरेको शाहले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *