नोबेल साकोसको आयोजनामा काव्य गोष्ठी
विराटनगर । नोबेल साकोस साहित्य संस्था विराटनगर शाखाको आयोजनामा काव्य गोष्ठी आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न स्रष्टाहरुले रचना वाचन गरेका थिए ।
त्यस अवसरमा संस्थाका उपाध्यक्ष भुपाल अधीकारी, उमेश लुइँटेल, प्रयास न्यौपाने, हरि कट्टेल, नवराज पोखरेल, प्रमोद ढकाल, कुमार श्रेष्ठ, राधा भट्टराई, नानु मैयाँ दाहालले आफ्ना रचना सुनाएका थिए ।
यसैगरी, काजल न्यौपाने, गोपाल निर्भीक, भवानी पोखरेल, सुजा चापागाई, चुणामणि घिमिरे, ऋषि तिवारी, किस्मत खतिवडा, नेत्र खतिवडा, रेनुका राई, उमानाथ भट्टराई, गीता पोखरेल, सिर्जना प्रसाईंलगायतले पनि विभिन्न विधाका रचना सुनाएका थिए ।
साकोस विराटनगर शाखाकी अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा भएको कार्यक्रम संस्थाकी सचिव सुजाता राईले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिका रुपमा विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेल सहभागी थिए ।

यस्तै, विशिष्ट अतिथिका रुपमा डा. देवी पन्थी, मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाई, लेखक संघका अध्यक्ष दिनेश सुवेदी, डियर कल्याणका अध्यक्ष बिनोद घिमिरेलगायतको सहभागिता थियो ।
आमन्त्रित पाहुनाहरुलाई संस्थाकी सदस्य शान्ता भट्टराईले स्वागत गरेकी थिइन् । कार्यक्रममा सुरेशकुमार अग्रवाल र जयन्त प्रधानाङ्गलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको थियो ।
