कञ्चनजङ्घा आधार शिविरमा पर्यटकको चहलपहल

ताप्लेजुङ । कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको संख्या बढेको छ । मौसम सफा भएसँगै आन्तरिक र बाह्य पर्यटकको चहलपहल यो क्षेत्रमा बढेको छ ।

कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने आउने पर्यटकको संख्या दिनहुँ बढिरहेको छ ।

चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमाल अवलोकन गरेका छन् । २०५७ सालयता यहाँ यति धेरै पर्यटक आएका थिएनन् । २०५६–५७ मा सात सय ९९, आव २०५७–५८ मा आठ सय ७३ जना विदेशी पर्यटक आएका थिए ।

यस क्षेत्रमा विशेषगरी फ्रान्स, अष्ट्रेलिया, जर्मनी र अमेरिकाबाट पर्यटक आउने गरेका छन् । चाडपर्वका बेला आन्तरिक पर्यटकले कञ्चनजङ्घा क्षेत्रका होटल र लज भरिएका स्थानीय होटल व्यवसायीले बताएका छन् । यो वर्ष होटलका आम्दानीमा ३० प्रतिशतभन्दा बढी वृद्धि भएको होटल व्यवसायी फुपुछोहाङ शेर्पा बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *