दुई दिनअघि शरीर भेटियो, आज टाउको
सांकेतिक तस्बिर
नेपालगन्ज । शरीर फेला परेको दुई दिनपछि एक पुरुषको टाउको भेटिएको छ । दसैं टीकाको राति कोहलपुरका चन्द्रबहादुर कामीको टाउको नभएको शव प्रहरीले सोमबार फेला पारेको थियो । दुई दिनपछि प्रहरीले उक्त शवको टाउको फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरका चन्द्रबहादुर कामीको शरीर भेटिएको दुई दिनपछि टाउको भेटिएको हो ।
कोहलपुर नगरपालिका–८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितलनगरमा शनिबार राति कामीको टाउको नभएको शव फेला परेको थियो ।
शवको टाउको चन्द्रबहादुर कामीकी बहिनी नाता पर्ने सुनिता परियारको घरको शौचालयको सेप्टिक ट्याङकीमा भेटिएको बाँकेका डीएसपी आयुष्मान जोशीले बताए । घटनाबारे विस्तृत रुपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
