रहेनन् लोकप्रिय गीतका सर्जक विश्व वल्लभ
काठमाडौँ । वरिष्ठ गीतकार विश्व वल्लभको निधन भएको छ । काठमाडौँको माइतीघरमा रहेको अन्नपूर्ण न्युरो अस्पतालमा बुधबार उनको निधन भएको हो । मस्तिष्कघात भएपछि उनको उपचार भइरहेको थियो ।
वल्लभले तरादेवीले गाएको ‘शुभकामना’, अरुणा लामाले गाएको ‘भाग्यले खुसी खोसेर लग्यो’, अमर तण्डुकारले गाएको ‘धेरै दिन भो तिम्रो झझल्को’ जस्ता चर्चित गीत लेखेका छन् । उनी वरिष्ठ कवि तथा गीतकार ईश्वर वल्लभका भाइ हुन् ।
प्रतिक्रिया
