मोरङका बेग्लाबेग्लै स्थानमा तीन जनाको शव भेटियो

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा सोमबार तीनजना मृत अवस्थामा फेला परेका छन् । खोलाले बगाएर तथा पैनीमा डुबेर मृत्यु भएको अवस्थामा उनीहरु फेला परेको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार विराटनगरको सिंघिया खोलामा मृत फेला परेकी महिलाको पहिचान खुलेको छैन ।

कानेपोखरी गाउँपालिका–४ खोरियामा डाँस खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा पथरीशनिश्चरे नगरपालिका–८ का ७५ वर्षीय लाखबहादुर राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगरमा सिंघिया खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा १ जना महिलाको शव भेटिएको हो । अन्दाजी ३० वर्षीया ती महिलाको पहिचान खुलेको छैन ।

यसैगरी, ग्रामथान गाउँपालिका–६ का ३५ वर्षीय सत्यनारायण भगत घरनजिकैको पैनीमा मृत फेला परेका छन् । उनी माछा मार्न भनेर आइतबार घरबाट हिँडेका उनी सम्पर्कविहीन बनेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *