कृषि, उद्योग र पशुपालनको वृहत् प्रदर्शनी

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले ‘कृषि एक्स्पो २०८१’ आयोजनाको तयारी गरेको छ । कोशी प्रदेश सरकारसँग सहकार्य गरेर महासंघले मोरङको कटहरी गाउँपालिकास्थित कृषि थोक बजार केन्द्रमा भदौ २७ देखि ३० गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । यस प्रकारको एक्स्पो कोशी प्रदेशमा पहिलो हुने महासंघको भनाइ छ ।

महासंघ कोशी प्रदेश समिति अध्यक्ष राजेन्द्र राउतले एक्स्पोको अवसरमा कृषिमा सम्भावना बोकेको प्रदेशको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा कसरी पुर्याउने भन्ने विषयमा नेपाल र भारतका कृषि विज्ञसँग छलफल समेत गरिने बताए ।

यसैगरी, कोशी प्रदेशका पहाडी जिल्लाका किसानलाई निमन्त्रणा गरी कृषि एक्स्पोको अवलोकन गराउने जनाइएको छ । कृषिमा भित्रिएको नयाँ प्रविधिबारे किसानहरुलाई जानकारी गराइने महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *