एकैजनाको ३८ वटा दाँत

 

काठमाडौं । हामीमध्ये अधिकांशको मुखमा ३२ वटा दाँत हुन्छन् । २८ वटा दाँत वयस्क भएर आउँछन् र बाँकी चारवटा समयसँगै आउँछन् जसलाई बुद्धि बंगारा (दाँत) पनि भनिन्छ ।

तर, कसैका दाँत ३२ भन्दा बढी छन् भन्दा विश्वास गर्नुहुन्छ ? गिनिज वल्र्ड रेकर्डका अनुसार कल्पना बालन नामकी २६ वर्षीया भारतीय महिलाको सामान्य मानिसभन्दा ६ वटा दाँत बढी छ । अर्थात् उनका ३८ वटा दाँत छन् । महिलाको तल्लो बङ्गारामा चार अतिरिक्त दाँत र माथिल्लो बङ्गारामा दुई अतिरिक्त दाँत छन्, जसले गर्दा उनको दाँतको संख्या ३८ पुगेको छ ।

कल्पनाले किशोरावस्थामा अतिरिक्त दाँतको बारेमा थाहा पाएकी थिइन् । समयसँगै यी क्रमशः बढ्दै गए । जसका कारण उनलाई कुनै प्रकारको पीडा भएन तर खानपानमा समस्या हुन थाल्यो । खाना चपाउँदा प्रायः दाँतमा अड्किन्छ, जसका कारण मुखको स्वच्छताको समस्या बढ्न थाल्छ । त्यसैले परिवारका सदस्यहरू यी अतिरिक्त दाँतहरू हटाउन डाक्टरकहाँ गएका थिए ।

दाँत जाँचको क्रममा, कल्पनाको दन्त चिकित्सकले दाँत सजिलैसँग हटाउन नसकिने भएकाले उनलाई दाँत ठूलो नहुँदासम्म पर्खन सुझाव दिए । यी दाँतका कारण कल्पनालाई खासै समस्या नभएकोले दाँत पूर्ण रूपमा विकसित भइसकेपछि पनि हटाउन नदिने निर्णय गरिन् र अहिले गिनिज वुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल भइन् ।

कल्पना भन्छिन्, ‘मलाई दाँत निकाल्ने प्रक्रियामा डर लागेको थियो र यी दाँतले कुनै विशेष समस्या त नपरोस्, त्यसैले यो मेरो लागि समस्या होइन । यति मात्र होइन, यी दाँतका कारण मेरो नाम गिनिज वर्ल्ड रेकर्डमा लेखिएको छ, जसमा म निकै खुसी छु । यो मेरो जीवनभरको उपलब्धि हो ।’

पुरुषमा सबैभन्दा धेरै दाँत हुने रेकर्ड क्यानाडाका इभानो मालोनको नाममा छ, उनका कुल ४१ दाँत छ । अतिरिक्त दाँतको उपस्थितिको लागि मेडिकल शब्द हाइपरडोन्टिया वा पोलिडोन्टिया हो । विश्वको ३.८ प्रतिशत जनसंख्या यसरी अतिरिक्त दाँतको साथ बाँचिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *