पर्वलक्षित बजार अनुमगन प्रभावकारी बनाउन सरकारलाई निर्देशन

काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दसैँ, तिहार, छठलगायत चाडबाडको बेला उपभोग्य वस्तु सहज आपूर्ति व्यवस्थापनका गर्न सरकारलाई निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । बैठकपछि सभापति अब्दुल खांनले चाडबाड लक्षित सहुलियत मूल्य पसलको संख्या बढाउन, कर्णालीलगायत दुर्गम जिल्लामा खाद्य वस्तुको अभाव हुन नदिन र कालोबजारी, कृत्रिम अभाव जस्ता समस्या समाधान गर्न बजार अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएको जानकारी दिए ।

उनले भने ‘चाडबाडलाई लक्षित गरी सरकारले देशका विभिन्न स्थानमा सहुलियत मूल्य पसल स्थापना गर्ने निर्णय गरेकामा स्वागतयोग्य छ । यस्ता सहुलियत पसल थप विस्तार गरी सबै नागरिकमाझ उपभोग्य वस्तु सहज आपूर्तिको व्यवस्था मिलाउन समिति मन्त्रालयलाई निर्देशन दिन्छ । त्यस्तै, कर्णाली प्रदेशलगायतका विभिन्न दुर्गम जिल्लामा खाद्यान्न अभाव हुन नदिन र बजारमा सुपारी व्यवसायको समग्र अवस्थाबारे सरोकारवालासँग जानकारी लिएर यस विषयमा समितिले थप अध्ययन गर्ने निर्णयसमेत गरेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *