पहिलो विवाहपछि अलग्गिएका दम्पतीको ४० वर्षपछि फेरि विवाह

अन्टारियो। लाना र मालोनी एकअर्कालाई असाध्य माया गर्थे। उनीहरु आफूलाई एकअर्काका लागि बनेको भन्ने गर्थे।

बिहेपछि उनीहरुका एउटी छोरी भइन्। दुवैले छोरीलाई धेरै माया गर्थे।

सन् सत्तरीको अन्त्यतिर  उनीहरु प्रेममा परेका थिए। ‘डेटिङ’ जान्थे।

एकअर्काबीच गहिरो प्रेम भएपछि उनीहरुले विवाह गरेका थिए।

सम्बन्ध राम्रो थियो। एकअर्कामा माया बेजोड थियो। पिपुल म्यागजिनकाअनुसार, उनीहरूले १९८० मा विवाह गरे।

यसो हुँदाहुँदै पनि उनीहरुबीच खटपट भएर विवाहको १३ वर्षपछि अलग हुनुपर्ने अवस्था आयो। उनीहरूले अलग अलग रूपमा नयाँ घरजम गरे।

छुट्टिएपछि उनीहरु बेग्लाबेग्लै बसे। अलग बसे पनि आफ्ना छोराछोरी र नातिनातिनाहरुको माध्यमले जोडिएका थिए।

त्यही जोडीले अन्ततः पुनर्विवाह गरेको छ।

अलग भए पनि उनीहरुबीच कुराकानी हुन्थ्यो। पुराना दिनबारे कुरा हुन्थे।

त्यसक्रममा लिनले लानालाई आफूबाट अलग हुन दिएको अवस्था आउनुमा आफूले गल्ती गरेको महसुस पनि गरे।

बेग्लाबेग्लै बसे पनि फोनमा कुराकानी हुँदा उनीहरुले पहिलेजस्तै प्रेममय पलहरू सम्झना हुने गरेको बताएका छन्।

त्यसैबीच, लिन बिरामी परे। उनलाई क्यान्सर भएको पत्ता लाग्यो।

डाक्टरहरुले उनलाई तीन महिनामात्र बाँच्न सक्ने भनेका थिए।

त्यस्तो अवस्थामा पनि उनीहरुबीच प्रेम जारी रह्यो।

अन्ततः लिनले लानालाई विवाहको प्रस्ताव गरे। अनि पहिलो विवाह भएको ४० वर्षपछि उनीहरुले २०२१ मा दोस्रो विवाह उत्सव मनाए।

अचेल उनीहरु साथमा छन्। खुसीसाथ बसिरहेका छन्। लाना भन्छिन्, ‘हामी सँगै रमाइलो जीवन बिताइरहेका छौं।’

जीवनप्रति निकै आशावादी रहने उनीहरुले पहिलेजत्तिकै रमाइलो साथ र समर्पणका साथ जीवन बिताइरहेको बताएका छन्।

‘हाम्रा लागि उज्याला दिन फेरि आएका छन्’ उनीहरुले स्थानीय सञ्चार माध्यमलाई भनेका छन्, ‘यो हाम्रा लागि इनाम हो, सुन्दर।’

सम्बन्धबिच्छेदपछि लामो समय अलग रहेको यो वृद्ध दम्पती फेरि एक भएको थाहा पाएर आफन्त र चिनजानकाहरू खुसीसँगै छक्क परेका छन्।

उदाहरणीय बनेको यो जोडीको प्रतिक्रिया छ, ‘पहिलो प्रेमसँग विवाह गर्नु रोमाञ्चक हुन्छ, अझ तपाईंको पहिलो प्रेमसँग फेरि अन्तिमपटक विवाह गर्नु गजबै हुन्छ।’

–नेपाल टचबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *