नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने विश्व बैंकको अनुमान

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ ।

विश्व बैंकले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०२४ मा नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशत रहने र सन् २०२५ सम्ममा ५ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

जलविद्युत उत्पादनको निरन्तर विस्तारसँगै औद्योगिक क्षेत्रको वृद्धि हुने अनुमान विश्व बैंकले गरेको छ ।

त्यस्तै, थोक तथा खुद्रा व्यापारले आयात प्रतिबन्ध हटाएर सेवा क्षेत्रको वृद्धिलाई बढावा दिने, पशुपन्छीमा लम्पी स्किन रोगको प्रभाव र धान उत्पादनमा आएको ह्रासका कारण चालू आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धि सुस्त हुने अनुमान विश्व बैंकको छ ।

कमजोर वित्तीय कार्य सम्पादनका कारण सर्वजनिक ऋण बढेर कुल ग्राहस्थ उत्पादनको ४१.३ प्रतिशत पुगेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *